हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकाले गाउँपालिका भित्रका माछापालक किसानहरुलाई आवश्यक पर्ने सामग्रीहरु अनुदानमा उपलब्ध गराएको छ । मनहरी गाउँपालिका–५, रजैयामा सोमबार गाउँपालिकाले किसानहरुलाई अनुदान स्वरुप विभिन्न सामग्रीहरु सहयोग गरेको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभयो ।

माछापालक किसानहरुको कामलाई सहज गर्नका लागि गाउँपालिकाले १ लाख ६१ हजार रुपैयाँ लागतको मोटर २ थान, ७४ हजार रुपैयाँ लागतको ५० मिटरको महाजाल २ थान, ९० हजार रुपैयाँ लागतको २५ मिटरको जाल ६ थान, १८ हजार रुपैयाँ लागतको साना जाल ६ थान तथा ३३ हजार रुपैयाँ लागतको ग्रेडिङजाल हस्तान्तरण गरेको छ ।

माछापालन किसानलाई मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले सामग्रीहरु हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईको पनि उपस्थिति रहेको थियो ।