हेटौंडाः मखमल तथा ढाकाको जुत्ता चपल बनाउने तालिम हेटौंडामा सुरु भएको छ । तालिम एक महिना चल्ने छ ।
घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरको आयोजानमा भएको कार्यक्रममा उद्घाटन हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले गर्नुभयो ।
तालिमको उद्घाटन गनुहुँदै मेयर महतले प्राप्त गरेको सीपलाई व्यवहारमा उतार्दै स्वरोजगार बन्नका लागि आग्रह गर्नुभयो । तालिमका लागि तालिम भन्दा पनि एक महिनासम्म सिकेर काम गर्नका लागि उहाँले आग्रह गर्नुभयो ।
धेरै प्रकारका तालिम हुने र सहभागिता जनाइरहनु भन्दा पनि आफै उद्यम गर्नेहरुलाई हेटौंडा उपमहानगरपालिकाले सहयोग गर्ने मेयर महतले बताउनुभयो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका १ नम्बर वडाअध्यक्ष सविन न्यौपानेको पनि उपस्थिति रहेको थियो ।