हेटौंडाः मनहरी गाउँपालिकाले चारवटा पक्की पुल निर्माणका लागि सम्झौता गरेको छ । गाउँपालिकाको साविक हाँडीखोला गाउँ विकास समितिका बासिन्दालाई गाउँपालिकाको केन्द्र रजैया पुग्न सहज हुनेगरी ४ वटा पक्की पुल निर्माण हुने भएको हो । चारवटै पुल निर्माणका लागि बानियाँ कन्स्ट्रक्सनसँग सम्झौता गरिएको मनहरी गाउँपालिका अध्यक्ष एकराज उपे्रतीले जानकारी दिनुभएको छ ।

गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ मा निर्माण गर्नेगरी सम्झौता भएको हो । चार वटा पुल निर्माणका लागि ५३ करोड रुपैयाँ लागत अनुमान गरिएकोमा निर्माण कम्पनिले ३३ करोडमा निर्माण गर्ने गरी ठेक्का पारेको छ । एउटा पुल निर्माणका लागि बानियाँ कन्स्ट्रक्सनसँग पहिला नै सम्झौता भएको अध्यक्ष उप्रेतीले बताउनुभयो । पुल निर्माण दुई वर्षमा सम्पन्न हुने अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो ।