साङ्केतिक तस्बिर goole.com

हेटौंडाः मकवानपुरको कैलाश गाउँपालिकामा १६ वर्षीया बालिका आफ्नै छिमेकीबाट बलात्कृत भएकी छिन् । बिहीबार साँझ सोही स्थानका ३२ वर्षीय पुरुषले बालिका शौचालय गएको समयमा जबरजस्ती करणी गरेको ईलाका प्रहरी कार्यालय मनहरीले जानकारी दिएको छ ।

शारीरिकरुपमा अशक्त र स्पष्ट बोल्न नसक्ने १६ वर्षकी बालिकालाई कोही नभएको समयमा बलात्कार गरेको प्रहरीले बताएको छ । घटनामाथि थप अनुसन्धान भइरहेको तथा आरोपित पुरुषलाई नियन्त्रणमा लिइसकेको प्रहरीले बताएको छ ।