फाइल तस्बिरः हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाद्वारा कृषकलक्षित ३५ वटा कृषि तथा पशु विकाससम्बन्धी कार्यक्रम सञ्चालन गर्ने भएको छ । कृषि कार्यक्रमअन्तर्गत् कृषि पकेट कार्यक्रम सञ्चालन गर्नका लागि चाँडै सूचना सार्वजनिक गर्ने तयारी भइरहेको हेटौंडा उपमहानगरपालिकाका कृषि प्राविधिक रुपा खतिवडाले बताउनुभयो ।

कृषि तथा पशु कार्यक्रम अन्तर्गत् यान्त्रीकरण, टनेल, गाई प्रवद्र्धन, बङ्गुर प्रवद्र्धन, बाख्रा प्रवद्र्धन, खोर सुधार र गोठ सुधारका कार्यक्रमहरु सञ्चालनको निर्णय गर्न बाँकी रहेको प्राविधिक खतिवडाले जानकारी दिनुभयो । विभिन्न कृषिसँग सम्बन्धित संघसंस्थामार्फत् सञ्चालन गरिने साना सिंचाई कार्यक्रम उपमहानगरपालिकाको १९ वटै वडामा सञ्चालनको तयारी भइरहेको छ । सामुदायको २० प्रतिशत लागत सहभागितामा कार्यक्रम सञ्चालन गरिने खतिवडाले जानकारी दिनुभयो ।