परिचर्चामा सहभागी लेखक र प्रमुख जिल्ला अधिकारी ।

हेटौंडाः चितवनका पत्रकारहरू वसन्त पराजुली, सूर्यप्रकाश कँडेल र बिनोदबाबु रिजालका पुस्तकहरूमाथि शनिबार हेटौंडामा परिचर्चा भएको छ । बसन्तको कुमाता, सूर्यप्रकाशको मोसो र विनोदबाबुको एकान्तबासको परिचर्चा भएको हो ।

बसन्तको कुमातामाथि निमेष निखिलले टिप्पणी गर्नु भएको छ भने सूर्यप्रकाश कँडेलको कृतिमा घनश्याम घिमिरेले टिप्पणी गर्नुभएको छ । यस्तै विनोदबाबुको एकान्तबासमाथि शान्तिप्रिय बन्दनाले टिप्पणी गर्नुभएको छ । हालै प्रकाशित कृतिका बारेमा छिमेकी जिल्लामा आएर लेखकहरुले परिचर्चा कार्यक्रममा सहभागिता जनाएका हुन् । कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको पनि उपस्थिति रहेको थियो ।