प्रहरी नायव महानिरीक्षक बसन्तकुमार लामा प्रमुख, बागमती प्रदेश प्रहरी कार्यालय

हेटौंडाः बागमती प्रदेश प्रहरीले प्रहरीको गुनासा समाधान गर्न प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक बसन्त लामासँग टेलिफोन संवाद सुरु गरेको छ । मंसिर ७ गते देखी सुरु गरीएको संवाद कार्यक्रममा विभिन्न दर्जाका ५० जना प्रहरी कर्मचारीहरुले आफूले कार्यक्षेत्रमा भोगेका समस्या, चुनौती तथा पिर–मर्का र गुनासो प्रदेश प्रमुखसँग व्यक्त गरेका छन् ।

प्रदेश प्रहरी प्रमुख समक्ष टेलीफोन मार्फत गुनासो व्यक्त गर्ने प्रहरी कर्मचारीहरुको उचित गुनासो सम्बोधन पनि गरीएको बामगती प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मिरा चौधरीले बताउनुभयो । हालसम्म जुनियर प्रहरी अधिकृत दर्जाका १५ जना र प्रहरी हवल्दार जवान दर्जाका ३५ जना प्रहरी कर्मचारीहरुले गुनासो राखेका छन् ।