हेटौंडाः गजल मञ्च मकवानपुरको नियमित गजल यात्रा शनिबार भएको छ । लकडाउन यता पहिलो पटक भौतिक रुपमै उपस्थित भई साहित्यिक कार्यक्रम भएको हो । मकवानपुर जिल्लामा विभिन्न साहित्यिक संस्थाले साहित्यिक रचना प्रस्तुतीको कार्यक्रम गर्दै आएको छ ।
हेटौंडा–४, भैरवस्थित साहित्य संगम तथा सिस्नुपानीको सभाकक्षमा गजल मञ्च मकवानपुरका अध्यक्ष देवराज तिवारीको अध्यक्षता तथा गजलकार रुपक अलंकारको प्रमुख आतिथ्यमा १७४ औं गजल यात्रा भएको हो । कार्यक्रममा प्रमुख अतिथि रुपक अलंकारले गजल लेखन सहज नभएको र समाजमा गजल लेखनका विविध विषयहरु रहेको बताउनुभयो ।
कार्यक्रममा साहित्य संगम मकवानपुरका अध्यक्ष निमेष निखिल, झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष दीपक गौतमको पनि उपस्थिति रहेको थियो । गजल यात्रामा भोलाप्रसाद देवकोटा, कृष्ण पौडेल, हरि पौडेल, विशाल कुमार अधिकारी, गणेश पौडेल, दीपक गौतमले गजल वाचन गर्नुभएको थियो ।