बङ्गलादेशी नागरिक बाबुलाल मानव र गिता मानव मानवसेवा आश्रमको मुख्य कार्यालय हेटौंडामा । तस्बिरः सुसन लामिछाने

हेटौंडाः मानवसेवा आश्रमले आज दुई जना बङ्गलादेशी नागरिकको बिदाई गर्दैछ । बङ्गलादेशमा उनीहरुको परिवारको पहिचान भएसँगै मानवसेवा आश्रमको केन्द्रिय कार्यालय हेटौंडाले आज एक कार्यक्रमको अयोजना गरेर उनीहरुलाई बिदाई गर्ने भएको हो ।

बङ्गलादेशी नागरिक ३५ वर्षीय बालुलाल मानव र अन्दाजी ५० वर्षकी गिता मानवलाई आज हेटौंडा स्थित मानव सेवा आश्रमबाट बिदाई गरेर २० तारिखमा बङ्गलादेशमा पारिवारिक पुनर्मिलन गराउन लैजाने भएको छ । उनीहरुको परिवारसँग पुनर्मिलन गराउन मानवसेवा आश्रमका दुई जना अभियान्ताहरु सँगै बङ्गलादेश जाने भएका छन् ।

बङ्गलादेशी नागरिक बाबुलाल मानवको घरमा आमा, बुवा, श्रीमती रहेको छ भने गिता मानवको पनि बङ्गालदेशमा आफ्नो परिवार भेटिएको छ । विगत ७ वर्षदेखि मानवसेवा आश्रममा बस्दै आएका उनीहरुको पारिवारिक पुनर्मिलन गराउने अन्तिम तयारी भएको मानवसेवा आश्रम हेटौंडाका अभियान्ता होमनाथ पौडेलले जानकारी दिनुभयो ।