हेटौंडाः मकवानपुरको कैलाश गाउँपालिकामा आज ब्याल्ङ्केट वितरण गरिएको छ । बाल विकास कार्यक्रम (सीडिपीएन) ले आयोजना गरेको ब्ल्याङ्केट वितरण कार्यक्रममा बागमती प्रदेशको प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले ४२५ घरधुरीलाई ब्ल्याङ्केट वितरण गर्नुभएको हो ।

मकवानपुरको विकट कैलाश गाउँपालिकाको वडा नम्बर ३, ४, ९ र १० का आठ वटा सामुदायिक विद्यालयमा अध्ययनरत ४ सय २५ विद्यार्थीको घरपरिवारलाई ब्ल्याङ्केट वितरण गरिएको सभामुख श्रेष्ठले जानकारी दिनुभयो ।

जाडोमा न्यानोको लागि गरिएको ब्ल्याङ्केट वितरण कार्यक्रममा संस्थाको तर्फबाट केएफएचआई नेपालको लागि डाइरेक्टर जेन्सपार्क, बागमती प्रदेश सभा सदस्य ओम ग्लान, कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तान, वडा नम्बर ३,४, ९ र १० का वडाअध्यक्षहरु लगायत नेकपा मकवानपुरका नेता एकलाल श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।