सांकेतिक तस्विर ।


हेटौंडाः अवैध औषधी ओसारपसारमा प्रहरीले मकवानपुरको ५ जनालाई पक्राउ गरेको छ । चितवनको माडी नगरपालिका–९ स्थित सोमेश्वरबाट बिना इजाजत २१ लाख १० हजार ५ सय ३२ रुपैयाँ मूल्य बराबरको विभिन्न किसिमका औषधि ओसारपसारमा संलग्न रहेको अभियोगमा मकवानपुरका ५ जना सहित ८ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा मकवानपुर गढी गाउँपालिका–८ बस्ने २५ वर्षीय सुरज गौतम, सोही गाउँपालिका–३ बस्ने २३ वर्षीय प्रकाश दाहाल, हेटौंडा उपमहानगरपालिका–५ बस्ने २५ वर्षीय उज्वल पोख्रेल र २३ वर्षीय बिपिन सापकोटा रहेका छन् ।

यस्तै चितवनको कालिका नगरपालिका–४ बस्ने २८ वर्षीय राज कुमार महत्तो, माडी नगरपालिका–३ बघौडा बस्ने २२ वर्षीय बालकृष्ण महत्तो र २२ वर्षीय मिलन महत्तो, कालिका नगरपालिका–३ बस्ने ३१ वर्षीय हरिशरण चौधरी पक्राउ परेका छन् ।

पक्राउ परेकाहरूलाई बरामद औषधि सहित थप अनुसन्धान तथा कारवाहीको लागि औषधि व्यवस्था विभागमा पठाइने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।