फाइल तस्बिर ।

हेटौंडाः हेटौंडा–१७, बाबुचोकमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेका छन् । मध्यपूर्वि नगर समन्वय समितिको आयोजनामा रक्तदान कार्यक्रम भएको हो ।

रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा आयोजना गरिएको कार्यक्रममा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो । हेटौंडामै रगतको खपत बढ्नुका साथै चितवनबाट समेत रगतको माग बढी हुन थालेसँगै रक्तसञ्चार केन्द्रको पहलमा रक्तदान कार्यक्रम भइरहेको छ ।