हेटौंडाः हेटौंडा–१७, हटियामा बुद्धचोकमा फुटसल पिच निर्माण हुने भएको छ । बुद्ध युवा क्लबका अध्यक्ष महेश लामाको सभाध्यक्षमा आइतबार एक कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिवल महतले फुटसल पिच निर्माण गर्ने घोषणा गर्नुभएको हो । हेटौंडाको पूर्वि क्षेत्रमा शहरीकरणमा सहयोग पुग्ने गरी फुटसल पिच निर्माण गरिने मेयर महतले बताउनुभएको छ ।
आइतबार खेल सामग्री हस्तान्तरण गर्नुहुँदै मेयर महतले खेलकुदको विकासमा नगरले लगानी गर्ने घोषणा गर्नुभएको हो । मेयर महतले भलिबल, फुटबल तथा जाली सहयोग गर्नुभएको छ । कार्यक्रममा मेयरका राजनीतिक सल्लाहकार नरहरि महत, कानुनी सल्लाहकार मुकुन्द अधिकारी, हटियाका कमल विष्टको पनि उपस्थिति रहेको थियो ।