हेटौंडाः हेटौंडा–१० स्थित नमस्ते मकवानपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभा शनिबारबाट सुरु भएको छ । सहकारीले पुस १ गतेसम्म सदस्यको उपस्थितिका लागि समय निर्धारण गरेर साधारणसभाको सुरुवात गरिएको जनाएको छ ।
सहकारीका अध्यक्ष नवराज खनालका अनुसार कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यानमा राखी सहकारी विभागले जारी गरेको निर्देशनअनुसार सेयर सदस्यको उपस्थिति र आवश्यक सल्लाह, सुझाव संकलन गर्ने गरी साधारणसभा सुरुवात गरिएको छ । सहकारीको सेयर पुँजी २९ लाख ४२ हजार रुपैयाँ, बचत एक करोड ९४ लाख ५७ हजार रुपैयाँ र ऋण लगानी दुई करोड ३८ लाख ६३ हजार रुपैयाँ पुगेको अध्यक्ष खनालले जानकारी दिनुभएको छ ।