हेटौंडाः मकवानपुरगढी गाँउपालिका वडा नम्बर ६ निबासी १८ वर्षीय सञ्जोग चौलागाईको दुबै मृगौलामा समस्या देखिएपछि उपचारमा सहयोग गर्न परिवारले अपिल गरेका छन् ।
मकवानपुरगढी गाँउपालिका वडा नम्बर ६ निवासी राम बहादुर चौलागाई र भक्त कुमारी चौलागाईका छोरा सञ्जोगको ३ वर्षको उमेरदेखि पिसाबमा समस्या देखिएको थियो । ७ वर्षको उमेरमा उपचार गराउँदा एउटा मृगौलाले काम गर्न छाडेको र अर्को मृगौलाले पुरै काम नगर्ने डाक्टरले प्रमाणित गरेको सञ्जोगकी आमा भक्त कुमारी चौलागाईले बताउनुभयो ।
छोराको उपचारमा हालसम्म ५ लाख रुपैयाँ खर्च गरिसकेको उहाँले बताउनुभयो । घर, जग्गा बेचेर समेत छोराको उपचार गराउन नसकेपछि अहिले अर्काको घर जग्गामा बस्दै आएका छन् । सञ्जोगलाई सामान्य हिडडूल गर्न समेत लठ्ठीको साहारा लिनुपर्ने अवस्थामा छ । आर्थिक अभावकै कारण औषधी किन्ने पैसा समेत नभएको भन्दै सञ्जोगकी आमाले छोराको उपचारमा सहयोग गरीदिन सबैलाई अपिल गर्नुभएको छ ।