हेटौंडाः हेटौंडा–४, पारिजापस्थित बासुकला होटल पुनर्संरचनासहित पुनः सञ्चालनमा आएको छ । २५ वर्षदेखि नेवारी खाजा घरको रुपमा सञ्चालनमा आएको होटल पुनर्संरचना गरेर आकर्षक र सहुलियतपूर्ण बनाइएको सञ्चालक विकास बासुकलाले जानकारी दिनुभएको छ ।
बागमती प्रदेशको स्थायी राजधानी घोषित भएसँगै हेटौंडामा उपभोक्ताको बढ्दो चापलाई ध्यानमा राखेर होटललाई पुनर्संरचना गरेर आकर्षक बनाउनुका साथै मूल्यमा पनि सहुलियत गरिएको बासुकलाको भनाइ छ । सोमबारबाट सुचारु गरिएको होटलमा मःमः, चाउमिन, खाजा सेट र नेवारी मौलिक बारा सहुलियत मूल्यमा स्वादिष्ट रुपमा विक्री गर्न सुरु गरिएको बासुकलाले जानकारी दिनुभएको छ । उपभोक्ताको सहजताका लागि डेलिभरी सेवा समेत प्रदान गरिएको छ ।