हेटौंडाः मकवानपुर जिल्लाका १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबार बिहानै संकलित ४६ जनाको स्वाब नमूना परीक्षण गर्दा छ जना महिला र १० जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाले आइतबार साँझ सार्वजनिक गरेको विवरणअनुसार हेटौंडा उपमहानगरपालिकाका १२ जना, भीमफेदी गाउँपालिकाका २ जना, मकवानपुरगढी गाउँपालिकाका एकजना र मनहरी गाउँपालिकाका एकजना रहेका छन् ।