प्रहरी चौकी चैनपुर मकवानपुरबाट प्रहरी सहायक निरीक्षक बिशाल तामाङको कमाण्डमा खटिएको प्रहरी टोलीले बरामद गरिएका २२ के.जी. लागू औषध चरेश बनाउने गाँजाको धुलो ।

हेटौंडाः मकवानपुर प्रहरीले लागू औषध (चरेस) बनाउने गाँजाको धुलो बरामद गरेको छ । हिजो शुक्रबार राक्सीराङ गाउँपालिका वडा नम्बर ३ औलेडाँडा स्थित प्रहरी चौकी चैनपुर मकवानपुरबाट प्रहरी सहायक निरीक्षक बिशाल तामाङको कमाण्डमा खटिएको प्रहरी टालीले १५ पोकामा २२ के.जी. लागू औषध चरेश बनाउने गाँजाको धुलो बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।

प्रहरी टोलीलाई देखेपछि २ जना व्यक्तीले बोकेर ल्याएको झोलाहरु गोरेटो बाटोमा छोडेर जंगल तर्फ भागी फरार भएको र झोला चेक जाँच गर्दा लागु औषध बनाउन प्रयोग गरीने गाँजाको धुलो बरामद गरेको हो । उक्त लागु औषध बोकी ल्याउने मानिसको खोजिकार्य भईरहेको साथै घटनाको बिषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रानाले बताउनुभयो ।