डा.गणेशकुमार पौडेल

लाखौँ लाख लहरमा म लहरिदैँ
जिवनमा निरन्तर अगाडी बढ्दै
आशा र निराशाका बिचारसगँ
हिडिरहेछु आनन्द र पिडा बोेक्दै
क्यान्सरलाई जित्न ।।

हर दिन कसरी बितिरहेको छ
यो भन्नु व्यर्थ जस्तो लाग्छ
सुबिचार र कुबिचार जति भएपनि
यति मात्र भने पर्याप्त हुन्छ
क्यान्सर सँगकोे युद्धमा ।।

मनभित्र आशाका तन्तु बाटिएको छ
आँट जाँगर र जोश बलियो छ
मलाई अझै उल्साहले छोडेको छैन
अधम्य प्रयास अझै जारी छ
क्यान्सर सँगको भिडन्तमा ।।

मेरो जित हारले जे पनि हुन सक्छ
तर जितको परिणाम अग्रपन्थीमा छ
मनमा कुनै कमजोरी देखा परेको छैन
मेरो जीवन अगाडि बढेकै छ ।।
क्यान्सरलाई हराउँन ।।

सुसजित तन र सुदृढ मन लिएर
आफ्नो पाइला निरन्तर बढाएर
प्रचण्ड आधी वर्षाको प्रवाह नगरी
हर तरहबाट दौडी रहेछु युद्धरत भएर
क्यान्सर सँगको लडाइमा ।।