अपाङ्गता भएका ज्येष्ठ नागरिकहरुलाई ह्वील चियर र ट्राइसाइकल वितरण गर्नुहुँदै हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महत ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकामा बुधबार अपाङ्गता भएका नागरिकहरुलाई ह्वील चियर र ट्राइसाइकल वितरण गरिएको छ । अपाङ्ग सरोकार केन्द्र मकवानपुरको आयोजना तथा अपाङ्ग पुनस्र्थापना समाजको सहयोगमा २ वटा ट्राइसाइकल र २४ वटा ह्वील चियर वितरण गरिएको हो ।

अपाङ्ग सरोकार केन्द्र मकवानपुरका अध्यक्ष दिलबहादुर स्याङ्बोको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतको प्रमुख आतिथ्य रहेको थियो । महतले आगामी वर्षमा हेटौंडा उपमहानगरपालिकाले यस्तो कार्यलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना कुमारी लामा, उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नमराज घिमिरे, महिला तथा बालबालिका विकास महाशाखा प्रमुख विष्णुकुमारी लामिछानेको उपस्थिति रहेको थियो ।