हेटौंडाः विद्यालय सुचारु गर्ने सम्बन्धमा हेटौंडा–२ स्थित सिद्धार्थ माविले सोमबार विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र विद्यालयका शिक्षक, कर्मचारीको छलफल कार्यक्रम आयोजना गरेको छ ।
छलफलमा विद्यालयको नियमित पठनपाठनलाई सुचारु गर्ने विषयमा अभिभावक र शिक्षकहरुले आवश्यक सुझाव दिएका थिए । विद्यालयको नियमित पठनपाठन सुचारु गर्नुपर्ने आवश्यकतासँगै कोरोना भाइरस संक्रमणको जोखिम र त्यसबाट बच्ने उपाय अपनाएर विद्यार्थीको नियमित पठनपाठन सुचारु गर्न आवश्यक रहेको विषयमा छलफल केन्द्रित थियो । कार्यक्रममा सहभागीमध्ये प्रतिनिधिमूलक ढंगबाट सुझाव प्रस्तुत गरिएको थियो । आवश्यक सतर्कता अपनाएर पठनपाठन सुचारु गर्न सबैले सुझाव दिएका छन् ।