हेटौंडाः आन्तरिक राजस्व कार्यालय हेटौंडाले आइतबार वर्षको उत्कृष्ट कर्मचारी र सबैभन्दा बढि कर तिर्ने संस्थालाई सम्मानत गरेको छ । आन्तरिक राजस्व कार्यालय हेटौंडाका कार्यालय प्रमुख सन्त बहादुर ढकालको सभाध्यक्षमा भएको कार्यक्रममा बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका प्रमुख सचिव डा. मान बहादुर बिकको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालय हेटौंडामा कार्यरत कर्मचारी कुष्ण प्रसाद ढुङ्गानालाई वर्षको उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित गरेको छ भने सबैभन्दा बढि कर तिर्ने महिला सहयात्रा लघुवित्त वित्तीय संस्थालाई सम्मानत गरिएको छ । महिला सहयात्राले एक आर्थिक वर्षको अवधिमा एक करोड १७ लाख रुपैयाँ कर तिरेको छ । हरेक वर्ष मंसिर १ गते कर दिवस मनाउँदै आएको आन्तरिक राजस्व कार्यालयले यस वर्ष तिहारको भाइटिका परेकोले आइतबार कर दिवसको अवसरमा करदाता र कर्मचारी सम्मान कार्यक्रम गरेको हो ।