हेटौंडाः मकवानपुर जिल्लामा बिहीबार साँझ २५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित मध्ये ९ महिला र १६ जना पुरुष छन् ।
हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाका अनुसार हेटौंडा उपमहानगरपालिकाका २१ जना र मकवानपुरको मनहरी गाउँपालिकाका २ जना र मकवानपुरगढी गाउँपालिकाका २ जना रहेका छन् । ७३ जनाको स्वाब परीक्षण गर्दा २५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।