फाइल तस्बिरः पर्यटन सम्बन्धी छलफल गर्नुहुँदे उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपाल

हेटौंडाः डिभिजन वन कार्यालय चितवनको आयोजनामा बिहीबार सरोकारवालाहरुसँग अन्तरक्रिया सम्पन्न भएको छ । वरण्डाभार संरक्षित वन क्षेत्रको पर्या–पर्यटन कार्ययोजना निर्माण सम्बन्धमा बिहीबार बागमती प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालको उपस्थितिमा छलफल भएको थियो ।

छलफलले पर्यटनका लागि ३ करोड ५३ लाखको कार्यक्रम गर्ने र नेचर वाइल्डलाइफ सवारी सञ्चालन गर्ने निर्णय समेत गरेको मन्त्रालयका सुचना अधिकारी नवराज पूडासैनीले जानकारी दिनुभयो ।