हेटौडाः जनप्रबाह क्लब तथा शान्तिनगर टोल विकास संस्थाको संयुक्त आयोजनामा बुधबारबाट पिप्ले टोलस्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ क्याम्पाडाँडाको खेल मैदानमा प्रतियोगिता सुरु भएको हो ।

बुधबार भएको पिप्ले सडक र ढुङ्गेधारा बीच भएको उदघाटन खेलमा पिप्ले सडकले १-० गोल अन्तरले खेल जित्दै बिजय सुरुवात गरेको छ । खेलमा सुबिन घिमिरेले पिप्ले सडकको तर्फबाट १ गोल गर्दा विपक्ष टिमले खेल अबधिभर गोल गर्न नसक्दा सुबिन घिमिरेले गरेको १ गोल नै निर्णायक गोल साबित हुन पुग्दै प्रतियोगितामा बिजयी सुरुवात गरेको हो ।

त्यस्तै आज भएको शान्तिनगर र कार्की टोल बिच भएको प्रतियोगिताको दोस्रो खेलमा शान्तिनगरले कार्कि टोललाई ५–० को फराकिलो गोल अन्तरले खेल जित्न सफल भएको छ । शान्तिनगरको तर्फबाट सन्जिव अर्यालले २ गोल , सुबास लोप्चनले १ गोल , प्रशान्त भुजेलले १ गोल, मिलन अर्यालले १ गोल गरेका थिए भने विपक्ष टिमले खेल अबधिभर गोलको खाता खोल्न नसक्दा निरासाजनक हार ब्यहोर्न बाध्य हुन पुगेको हो । त्यसैगरि खेलमा उत्कृष्ट खेलाडी सन्जिव अर्याल हुनुभएको थियो उहाँलाई १ क्रेट अन्डा पुरस्कार स्वरुप दिईएको पिप्ले युवा क्लबका सदस्य भुपेन्द्र चौलागाईंले बताउनु भयो ।

प्रतियोगितामा भोलि शुक्रबार राईटोल र शान्तिनगर बिच र अर्को खेल पिप्ले सडक र रत्नटोल बिच हुने भएको छ । प्रतियोगितामा बिजेता हुने टिमले शिल्ड ,मेडल, प्रमाणपत्र सहित २० किलोको खसी र उपबिजेता हुने टिमले शिल्ड ,मेडल, प्रमाणपत्र सहित १५ किलोको बोका पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीलाई लोकल कुखुराको भाले पुरस्कार रहेको उहाँले बताउनुभयो ।