उपाधी विजेता हेटौंडा भेट्रान्सको टिम ।

हेटौंडाः बारा जिल्लाको सिमरामा सम्पन्न भेट्रान्स फुटबल प्रतियोगिताको उपाधी हेटौंडा भेट्रान्सले जितेको छ । बिहीबार भएको फाइनल खेलमा आयोजक जितपुर भेट्रान्सलाई ४–१ गोलअन्तरले पराजित गर्दै हेटौंडा भेट्रान्सले उपाधी जितेको हो ।

हेटौंडा भेट्रान्सको तर्फबाट नवराज बज्राचार्य, विजयलाल श्रेष्ठ, नेमा लामा र कविन सांगामीले गोल गरे । हेटौंडा भेट्रान्सले उपाधीसहित नगद ४० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । दोस्रो सेमीफाइनल खेलेको वीरगन्ज भेट्रान्स र वीरगन्ज युनाइटेड दुबै नियम विपरित सहभागी भएको पाइएपछि आयोजकले दुबै टिमलाई कारबाही गर्दै आफैं फाइनल खेलेको हो । फाइनल खेलको म्यान अफ द म्याच र म्यान अफ दि सिरिज हेटौंडाका नेमा लामा हुनुभएको छ ।