हेटौंडाः भर्चुअल अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से च्याम्पियनसिपमा मकवानपुरकी तेक्वान्दो डोजाङकी निरु मगरले स्वर्णपदक जित्न सफल हुनु भएको छ । च्याम्पियनसिपमा नेपालसहित १९ राष्ट्रका तीन सय ६२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
च्याम्पियनसिपमा नेपालका १ सय ९० र हङकङ, मलेसिया, श्रीलंका, भारत, म्यानमार, मकाउ, थाइल्यान्ड, मेक्सिको, अस्ट्रेलिया, जापान, नाइजेरिया, बंगलादेश, टिमोर, बेलायत, दक्षिण कोरिया, फिलिपिन्स र कम्बोडियाका एक सय ७९१ खेलाडीले सहभागिता जनाएका थिए । ४० वर्ष भन्दा बढी उमेर समूहका सहभागी बीच भएको प्रतिस्पर्धामा निरु मगरले नेपालको तर्फबाट स्वर्णपदक जित्न सफल हुनु भएको हो ।