हेटौंडाः मकवानपुर जिल्लामा मंगलबार बिहान ३३ जना कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाका अनुसार ११ महिला र २२ जना पुरुषमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित मध्ये हेटौंडा उपमहानगरपालिकाका २९ जना, बागमती गाउँपालिकाका २ जना र मकवानपुरगढी गाउँपालिकाका १ जना र धादिङ जिल्ला स्थायी ठेगाना भई हाल मकवानपुर जिल्लामै बसोबास गर्दै आएका एकजना छन् ।