हेटौडाः राष्ट्रिय बाल संरक्षण संजाल नेपालको नबौ बार्षिक साधारण सभा भर्चुअल माध्यमबाट डिजि स्टुडियोमा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका मन्त्री लिलानाथ श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा उहाँले बालबालिकाको क्षेत्रमा कार्यरत संस्थाहरुलाई सरकारसंग सहकार्य गरि बालअधिकारका निति तथा कानुनहरु कार्यान्वयनमा सहयोग गर्न अपिल समेत गर्नुभयो ।

सरकारले बालअधिकारको संरक्षणका लागि दिर्घकालिन रणनैतिक योजना ल्याई पालिका तह देखिनै सम्रग बाल संरक्षण प्रणाली कार्यान्वयनमा ल्याउन लागेको जानकारी दिनुभयो । त्यस्तै राष्ट्रिय बालअधिकार परिषदका कार्यकारि निर्देशक मिलन राज धरेलले बालबालिका ऐन २०७५ आएपछि राष्ट्रिय बालअधिकार परिषद्ले पुर्णता पाएको र बालबालिका सम्बन्धित कानुनको कार्यान्वयनको पाटो महत्वपुर्ण भएकोले कानुनको पालनामा क्रियाशिल हुदै राष्ट्रिय बाल संरक्षण प्रणालि स्थापनाको लागि परिषद क्रियाशिल हुने बताउनुभएको छ ।

परिषद् घटना ब्यबस्थापन प्रणालि, बाल हेल्पलाईन १०९८ को हाल भएको संख्या १२ बाट बढाएर २५ सम्म पु्याउने, खोज तसाल केन्द्र १०४ लाई सबलिकरण गर्ने, बाल संगठन लाई बिस्तार गर्न बाल मैत्रि ढंगबाट क्रियाशिल भईरहेको छ । यसैगरी मन्त्रालय बालअधिकारको संरक्षण को लागि क्रियाशिल रहेको बताउनु हुदै महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सहसचिब बुद्ध गुरुङले सातै प्रदेशमा सरकारी निति कार्यान्वयन र बालअधिकार सम्बर्धनका लागि राष्ट्रिय बाल संरक्षण संजाललाई समन्वय र सहकार्यको लागि आह्वान गर्नुभएको छ ।

राष्ट्रिय बाल संरक्षण संजालकी अध्यक्ष ऋतु भट्टराई को सभाध्यक्षतामा भएको कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका मन्त्री लिलानाथ श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा संजालकी महासचिब अनिता पाण्डे, राष्ट्रिय मानबअधिकार आयोगका निर्देशक मन्जु खतिवडा, श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका उपसचिब सुजन जोजिजु, माएन ए सिजिका अध्यक्ष कृष्णचन्द्र आचार्य लगायतको उपस्थिती रहेको थियो ।