हेटौंडाः मकवानपुर जिल्ला अदालतमा मङ्सीर १ गतेदेखि ४ जना न्यायाधीशको दरबन्दी रहने भएको छ । मुद्दाको चापका आधारमा एकजना न्यायाधीशको दरबन्दी थप भएको मकवानपुर जिल्ला अदालतका श्रेस्तेदार तीर्थ भट्टराईले जानकारी दिनुभएको छ ।

यसअघि तीन जना मात्रै न्यायाधीश रहेको थियो । आगामी मङ्सीर १ गतेदेखि मुस्ताङ जिल्ला अदालतबाट सरुवा भएर न्यायाधीश मनोज श्रेष्ठ मकवानपुर जिल्ला अदालत आउनुहुनेछ । अहिले मकवानपुर जिल्ला अदालतमा न्यायाधीशहरु डिल्लीरत्न श्रेष्ठ, कमलराज विष्ट र सीता शर्मा अधिकारीले न्यायसम्पादन गरिरहनुभएको छ ।