हेटौंडाः मकवानपुर जिल्लामा बिहीबार बिहान ५१ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । बिहीबार बिहानै हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाले सार्वजनिक गरेको विवरणअनुसार २८ महिला र २३ जना पुरुषमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमण पुष्टि भएका मध्ये हेटौंडा उपमहानगरपालिकाका ४४ जना, भीमफेदी गाउँपालिकाका २ जना, मकवानपुरगढी गाउँपालिकाका २ जना, पर्सा, जुम्ला र रुपन्देही स्थायी ठेगाना भई हाल मकवानपुरमै बस्दै आएका ३ जना छन् ।