हेटौंडाः हेटौंडा उपमहानगरपालिका भित्र सञ्चालित अटो तथा ई–रिक्साहरुमा यात्रुहरुका लागि भाडा दरको सूचि टाँस्ने निर्णय गरिएको छ । बजार क्षेत्रमा सञ्चालित अटो तथा ई–रिक्साहरुले मनलाग्दी भाडा लिने गरेको भन्ने गुनासोपछि ट्राफिक प्रहरी कार्यालय मकवानपुरको पहलमा सरोकारवालाको सहभागितामा भाडादर सूचि टाँस्ने निर्णय गरिएको ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रकाश पाण्डेले जानकारी दिनुभयो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरमा सोमबार भएको छलफलपछि भाडादर सूचि टाँस गर्ने निर्णय भएको हो । छलफलमा अटो तथा ई–रिक्सा सङ्घका पदाधिकारी तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।