हेटौंडाः मकवानपुर जिल्लामा मङ्गलबार बिहान ६१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाका अनुसार २३ महिला र ३८ पुरुष सङ्क्रमित भएका छन् ।
सङ्क्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगर क्षेत्रका ५३ जना, मकवानपुुर जिल्ला बाहिर स्थायी ठेगाना भई हाल मकवानपुर जिल्लामै बस्दै आएका २ जना, मकवानपुरको मनहरी, बकैया र भीमफेदी गाउँपालिकाका २/२ जना छन् । सोमबार सङ्कलित एक सय ४२ जनाको स्वाब परीक्षण गर्दा ४१ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको बताइएको छ ।