हेटौंडाः बागमती प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले आफ्ना बुबाको जन्मोत्सवमा मानवसेवा आश्रमका अभियन्ता कोषमा एक लाख ५० हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।
बुबा बुद्धिमान श्रेष्ठको ८० औं जन्मोत्सवको अवसरमा उहाँले शुक्रबार यस्तो घोषणा गर्नुभएको हो । मानवसेवा आश्रमका प्रमुख संरक्षक डा. गोविन्द टण्डन, केन्द्रीय संस्थापक अध्यक्ष रामजी अधिकारीको विशेष उपस्थितिमा भएको अनलाईन छलफलमा श्रेष्ठले परिवारकै तर्फबाट बुबाको जन्मोत्सवको अवसरमा कोषका लागि रकम सहयोग गरिएको बताउनुभयो । उहाँले आश्रमको कामको प्रशंसा गर्नुहुँदै आगामी दिनमा पनि मानवसेवाको काममा प्रोत्साहित गर्न सहयो गरिएको बताउनुभएको छ ।