हेटौंडाः मकवानपुर उद्योग वाणिज्य सङ्घले गर्दै आएको विपन्नलाई राहत सामग्री वितरण कार्यक्रमलाई सोमबार पनि निरन्तरता दिएको छ । सोमबार ३७ जनालाई राहत वितरण गरिएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घको कार्य समिति सदस्य राजकुमार न्यौपानेको प्रमुख अतिथ्यमा राहत वितरण कार्यक्रम भएको हो ।
न्यौपानेले विगतदेखि यस किसिमका सहयोगहरु सङ्घले गर्दै आएको र यस पटक कोभिड १९ बाट प्रभावित विपन्न समुदायलाई राहत वितरण गरिएकोमा प्रशंसा गर्नुभयो । मकवानपुर उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष तथा कार्यक्रम संयोजक कृष्ण कुमार गुप्ताको अध्यक्षतामा खाद्यान्न सामग्री वितरण गरिएको हो । कार्यक्रममा सङ्घका सचिवद्वय सन्तोष कुमार अर्याल र काव्यमणि अधिकारीको सहभागिता रहेको थियो ।