हेटौंडाः मकवानपुर जिल्लामा आज १२० जनामा कोरोना भाइरस संङ्क्रमण पुष्टि भएको छ ।
सङ्क्रमण पुष्टि हुनेमा ४९ महिला र ७१ पुरुष छन् । हेटौंडा उपमहानगरपालिकाको आयूर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाका अनुसार हेटौंडा उपमहानगरपालिकामा १०५ जना, मनहरी गाउँपालिकामा ६ जना, भीमफेदी गाउँपालिकामा १ जना, मकवानपुरगढी गाउँपालिकामा २ जना, राक्सिराङ गाउँपालिकामा १ जना र मकवानपुर जिल्ला बाहिर स्थायी ठेगाना भई हाल मकवानपुर जिल्लामै बस्दै आएका ३ जनामा कोराना संङ्क्रमण पुष्टि भएको छ ।
मकवानपुर जिल्लामा हिजो ११४ जनामा कोरोना भाइरस संङ्क्रमण पुष्टि भएको थियो ।