नवराज आचार्य, सञ्चालक, एनएस सिनेमा हल, नारायणी मल

हेटौंडाः कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेको भन्दै सरकारले गत चैत ११ गतेबाट लकडाउन घोषणा गरेयता पूर्णतः बन्द रहेको एउटा क्षेत्र हो, सिनेमा हल । सुख, दुःखका कथालाई कलात्मक स्वरुपमा पर्दामा प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन दिने सिनेमा हलका सञ्चालकहरु अहिले आफ्नो दुःखको कथा बताएर बताउनै नसक्ने अवस्थामा पुगेको छ ।

यस्तो अवस्थामा पनि हेटौंडास्थित एनएस सिनेमाका सञ्चालक नवराज आचार्य आशावादी हुनुहुन्छ । भोलिका दिनमा अवस्था सामान्य भएपछि दर्शक आउनेछन्, चलचित्र हेर्नेछन् र सञ्चालकको करोडौं लगानीको सम्पत्तिको उपयोगसँगै आम्दानीको अवसर पनि हुनेछ । भारतमा बिहीबारदेखि सिनेमा हल सञ्चालनमा आएसँगै नेपालमा पनि सिनेमा हल सञ्चालनको पहल हुनेमा आशावादी एनएस सिनेमा हलका सञ्चालक नवराज आचार्यसँग गरिएको कुराकानी शुक्रबार बिहान ६ः३० बजेको कार्यक्रम खबर चर्चा र शुक्रबार साँझ ६ः२० बजेको निकास सामुदायिक खबरमा सुन्न सक्नुहुनेछ ।

रेडियो निकास ९३.४ मेगाहर्जका साथै मोवाईल एप्लिकेशनको रेडियो निकास र अनलाइनको पहूँचमा रहनुहुने तपाइँले www.radionikas.com मा पनि सुन्न सक्नुहुनेछ । कृपया सुन्ने प्रयास गर्नुहोला ।