हेटौंडाः मकवानपुरका थप ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज राति हेटौंडा उपमहानगरपालिकाको आयूर्वेद तथा जनस्वास्थ्य प्रवर्धन शाखाले सार्वजनिक गरेको विवरण अनुसार हेटौंडा उपमहानगरक्षेत्रका ४४ जना, चितवन घर भई हेटौंडा बस्दै आएका १ जना र मकवानपुरगढीका १ जनामा कोरोना पुष्टि भएको हो ।

आज सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका ११ नम्बर वडामा सङ्क्रमित थपिएका छन् । आज राति सार्वजनिक भएको विवरणमा हेटौंडा–११ का १८ जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै हेटौंडा ४ मा पनि ७ जनामा कोरोना पुष्टि भएको छ । यसअघि आज बिहान सार्वजनिक भएको विवरणमा मकवापनुरमा ७९ जनामा कोरोना पुष्टि भएको थियो ।