हेटौंडाः बुधबार बिहानै मकवानपुर जिल्लामा ७९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा स्थापित प्रादेशिक कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा हेटौंडा उपमहानगरका ७३ जना र मकवानपुरगढी गाउँपालिकाका २ जना, बकैया गाउँपालिकाका एकजना र जिल्लाबाहिर स्थायी ठेगाना भई हाल मकवानपुर जिल्लामै बस्दै आएका ३ जनामा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाले जनाएको छ ।
बुधबार बिहान सङ्क्रमण पुष्टि भएका मध्ये ५३ जना पुरुष र २६ जना महिला रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभएको छ ।