हेटौंडाः भारतीय कम्पनि टिभिएसको नयाँ मोडेलको मोटरसाइकल सोमबार हेटौंडामा सार्वजनिक गरिएको छ । १६० सिसिको टिभिएस अपाचे एबीएस मोडेल एक कार्यक्रमका बीच हेटौंडाका लागि टिभिएस ब्राण्डको मोटरसाइकलको आधिकारिक विक्रेता तारा मोटर्सले सार्वजनिक गरेको छ ।

एबीएस अर्थात एन्टि ब्रेकिङ सिस्टमले तीव्र गतिमा रहँदा र आकस्मिक रुपमा ब्रेक लगाउँदा पनि दुर्घटनाको जोखिम कम हुने बताइएको छ । तारा मोटर्स प्रालिकी प्रमुख विक्री प्रबन्धक स्वस्तिका श्रेष्ठका अनुसार देशभर नै एकसाथ टिभिएस अपाचे एबीएस सार्वजनिक गरिएको हो । पछिल्लो समय हेटौंडामा टिभिएस मोटरसाइकल रुचाइएको र सोमबार सार्वजनिक गरिएको मोडलको मोटरसाइकल सुरक्षित यात्राका लागि उपयोगी भएको उहाँले बताउनुभयो ।