रेफ्रीलाई फुटबल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गर्नुहुँदै वडाअध्यक्ष दीपक खड्का । फाइल तस्वीर ।

हेटौंडाः हेटौंडा–१४ मा जारी टोल विकास संस्थास्तरीय ९ ए साइड फुटबल प्रतियोगितामा सोमबार लक्ष्मी टोल र समृद्धि टोल विजयी भएको छ । सोमबार भएको पहिलो खेलमा लक्ष्मी टोल विकास सस्थाले गौरी टोल विकास संस्थालाई १–० गोलअन्तरले पराजित गरेको छ । लक्ष्मी टोललाई विजयी गराउन पहिलो हाफको ११ औं मिनेटमा ईन्द्रप्रसाद गुरुङले गोल गरे ।

सोमबार नै भएको दोश्रो खेलमा आयोजक पञ्चबुद्व टोल विकास संस्थाको ‘बी’ टिमलाई समृद्धि टोल विकास संस्थाको ‘बी’ टिमले २–१ गोलअन्तरले हराएको छ । समृद्धि टोलको तर्फबाट आशिष मगर र राजु मोक्तानले एक/एक गोल गरेका थिए भने पञ्चबुद्धको तर्फबाट एक्का बलले १ गोल फर्काएका थिए ।