हेटौंडाः दसैं सुरु हुन एक साता मात्रै बाँकी छ । तर, हेटौंडामा खसीबोकाको कारोबारमा देखिएको मन्दीले व्यवसायी चिन्तित छन् । हेटौंडा–१० स्थित खसीबोका खरिदविक्रि केन्द्रमा खसीबोकाको कारोबार सुस्त छ । गएको दसैंको कारोबार अनुसार यय वर्षको दसैंमा खसीबोकाको माग कम भएको व्यवसायी बताउँछन् । व्यापारी मंगल बहादुर थिङ खसीबोका विभिन्न ठाउँबाट ल्याए पनि कारोबारमा मन्दी भएसँगै आफूले घाटा खाएर बेच्नु परेको बताउनुहुन्छ ।
२० वर्षदेखि खसीबोकाको व्यापार गर्दै आउनुभएका थिङका अनुसार दसैंका लागि काठमाडौं, पोखरा, चितवनबाट माग हुने गरेकोमा यस वर्ष खसीबोकाको माग भएर आएको छैन । हेटौंडा बजारमा समेत खासै कारोबार नभएको उहाँको भनाइ छ । व्यापारीहरुको भनाइअनुसार गएको दसैंमा एक महिनादेखि नै चहलपहल हुने गरेकोमा यस वर्ष एकसाता अगाडि पनि चहलपहल बढ्न सकेको छैन ।