हेटौंडाः मकवानपुरको हेटौंडा उपमहानगरपालिका र बागमती गाउँपालिकामा ४२ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

आइतबार राती नै प्राप्त प्रयोगशाला प्रतिवेदन सोमबार बिहान सार्वजनिक गर्दै हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाले हेटौंडा उपमहानगरपालिकामा २९ जना र बागमती गाउँपालिकामा १३ जना सङ्क्रमित थपिएको हो । हेटौंडा–४ मा मात्रै १२ जना सङ्क्रमित थपिएका छन् भने हेटौंडा–९ मा ७ जना थपिएका छन् ।