मकवानपुर जिल्लाको थाहा नगरपालिका र बागमती गाउँपालिकाका १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आइतबार संकलन गरिएको स्वाब नमूनाको आज बिहान प्राप्त रिपोर्टअनुसार थाहा नगरका ३ जना र बागमती गाउँपालिकाका ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाले जनाएको छ । आज पहिचान भएका १० जना संक्रमित मध्ये एक महिला र ९ जना पुरुष छन् ।