हेटौंडाः मकवानपुरमा आज साँझ ४१ जनामा कोरोना पुष्टि भएको छ । हेटौंडा उपमहानगरपालिकाको आयूर्वेद तथा जनस्वास्थ्य प्रवर्धन शाखाले अहिले साँझ सार्वजनिक गरेको विवरणअनुसार मनहरी गाँपालिकाका २ जना र हेटौंडा उपमहानगरपालिकाका ३९ जनामा कोरोना पुष्टि भएको हो ।

आज ७ महिला र ३४ जना पुरुषमा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले बताउनुभयो । त्यस्तै आजै सार्वजनिक भएको विवरणअनुसार १ जना कोरोना सङ्क्रमितको पुनः परीक्षण गर्दा कोरोनाको रिपोर्ट पोजेटिभ आएको छ ।