हेटौंडाः साना कृषि तथा सहकारी संस्था मनहरी शाखा र ज्ञानमा आधारित एकीकृत संस्थाको प्राविधिक सहयोगमा मनहरीका किसानहरुलाई मंगलबार कृषि सामग्री हस्तान्तरण भएको छ । मकै तथा वीउ रोप्ने मेसिन ४ थान, खोस्टासहितको मकै छोडाउने मेशिन ४ थान, १० वटा एप्रोनसहित इलेक्ट्रोनिक स्प्रेयर पम्प मनहरी गाउँपालिकाको ६, ७ र ९ नम्बर वडाका किसानहरुलाई हस्तान्तरण गरिएको हो । ३ लाख रुपैयाँको लागतमा कृषि सामग्रीहरु हस्तान्तरण भएको साना किसान तथा सहकारी संस्था मनहरी शाखाले जनाएको छ ।
कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, उपाध्यक्ष मनिला विष्ट, ६ नम्बर वडाअध्यक्ष गोपिराम मोक्तान, ८ नम्बर वडाअध्यक्ष दिल बहादुर स्याङतान, साना किसान तथा सहकारी मनहरी शाखा प्रबन्धक ज्योति सुवेदी, साना किसान सहकारी संस्था मनहरीका प्रमुख विमला कार्की, लेखा सहायक पुकार सुवेदीको उपस्थिति रहेको थियो ।
यस्तै मंगलबार नै साना किसान तथा सहकारी मनहरी शाखा र मनहरी गाउँपालिकाले किसानहरुको धान खेती, तरकारी खेती लगायतको संयुक्त अनुगमन र किसानसँग अन्तरक्रिया गरेको थियो । अन्तरक्रियामा सहकारी तथा गाउँपालिकाका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । प्राविधिकहरु कौशीला महरा, सुशीला खड्का, सरिता बानियाँ सहितको टोलीले अनुगमन गरेको साना किसान सहकारी संस्था मनहरीका लेखा सहायक पुकार सुवेदीले बताउनुभयो ।