हेटौंडाः आज दोस्रो पटक हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य शाखाले सार्वजनिक गरेको विवरणमा हेटौंडाका थप ११ जनामा कोरोना पुष्टि भएको छ । हेटौंडा–९ की एक महिला सहित आज हेटौंडा–२ का २ जना, हेटौंडा–४ का ४ जना, हेटौंडा–५ का १ जना, हेटौंडा–७ जना २ जना र हेटौंडा–१७ का १ जनामा कोरोना पुष्टि भएको जनाइएको छ ।

असोज ७ गते सङ्कलन भएको १०४ स्वाबको नमूना मध्ये ४२ जनाको परीक्षण गर्दा ११ जनामा कोरोना पुष्टि भएको हेटौंडा उपमहानरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले बताउनुभयो । यसअघि आज दिउसो सार्वजनिक गरिएको विवरणमा हेटौंडा उपमहानगरपालिकाका ६ जनामा कोरोना पुष्टि भएको थियो ।