मनहरीमा स्वाब संकलन गर्दै स्वास्थ्यकर्मी । फाइल तस्वीर ।


हेटौंडाः हेटौंडा–१० स्थित गोरक्षेश्वर आइसोलेसन वार्डबाट आज ११७ जनाको स्वाब नमूना सङ्कलन भएको छ । आज ६१ जना कोरोना सङ्क्रमतिहरुको पुनः परीक्षणको लागि स्वाब नमूना सङ्कलन भएको आइसोलेसन वार्डका प्रमुख भोला चौलागाईले बताउनुभयो ।

उहाँका अनुसार उनीहरुको स्वाब सङ्कलन गरेर परीक्षणको लागि हेटौंडाको प्रादेशिक कोरोना प्रयोगशालामा पठाइएको छ । प्रयोगशालाले अहिले परीक्षण गर्न ढिलाई गरेका कारण समयमै रिपोर्ट नआएको उहाँले बताउनुभयो । आजसम्म असोज ७ गतेदेखिको रिपोर्ट आउन बाँकी रहेको उहाँले बताउनुभयो ।