गुगल तस्विर ।

हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकाको मनहरी खोलामा एक महिलाको शव भेटिएको छ । मृतक महिलाको सनाखत हुन सकेको छैन । आइतबार साँझ ५ बजेको समयमा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

अन्दाजी ३०–३५ वर्षीया महिलाको बाढीले बगाएर मृत्यु भएको हुन सक्ने इलाका प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मंगोलियन अनुहार भएकी महिलाको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पताल पठाइएको प्रहरीले जनाएको छ । बाढीले नै बगाउँदा शुक्रबार, शनिबार र आइतबार मकवानपुर जिल्लामा ६ जनाको मृत्यु भएको छ ।