
हेटौंडाः हेटौंडा–९, औद्योगिक क्षेत्र डीडीसीको परिसर भित्र बटर कोल्ड स्टोर निर्माणका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । दुधबाट बनेका परिकारहरु भण्डारणमा समस्या रहँदै आएकाले प्रदेश दुग्ध विकास बोर्ड र दुग्ध विकास आयोजना (डीडीसी) को ५०/५० लाख रुपैयाँको साझेदारीमा कोल्डस्टोर निर्माण गर्न लागिएको हो ।
सम्झौतापत्रमा प्रदेश दुग्ध विकास बोर्डका निर्देशक डा. शरण कुमार पाण्डे र हेटौंडा दुग्ध विकास आयोजनाका निमित्त आयोजना प्रमुख नरेश कुमार जोशीले हस्ताक्षर गर्नु भएको दुग्ध विकास बोर्डका अधिकृत डा. शत्रुधन साहले बताउनु भयो । निर्माण सम्पन्नपछि बटर कोल्ड स्टोरले एक सय टन चिज, बटर लगायतको परिकारहरु भण्डारण गर्न सकिने र निर्माण सम्पन्न भएपछि डीडीसीलाई हस्तान्तरण गरिने अधिकृत डा. शत्रुधन साहले बताउनु भएको छ ।